राजविराज, १ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेड शाखा राजविराजद्वारा नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बाल कल्याण गृहका बालकलाई खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
जिल्ला बाल कल्याण गृह राजविराजका बालकलाई चामल १ सय २० केजी, दाल ३० केजी, चाउचाउ एक कार्टुन, खानेतेल एक कार्टुन वितरण गरिएको बैंकका प्रबन्धक सौरव सर्राफले जानकारी दिएका छन् ।
यसैगरी बाल कल्याण गृहमा बस्दै आएका प्रत्येक बालकलाई कापी, पेन्सिल, इरेजर, कटर वितरण गरिएको छ । उक्त अवसरमा बैंकका कर्मचारी, बाल कल्याण गृहका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । बाल कल्याण गृहमा २६ जना अभिभावकबिहीन बालकहरु बस्दै आएको बाल कल्याण गृहले जानकारी दिएको छ ।