• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

आदिवासी जनजातीको अधिवेशन सम्पन्न, अध्यक्षमा बृजमान

आदिवासी जनजातीको अधिवेशन सम्पन्न, अध्यक्षमा बृजमान

बिरेन्द्र बजार, २१ चैत । नेपाल आदिवासी जनजाती महासंघ सप्तरीको तेश्रो अधिवेशन सोमवार सम्पन्न भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका स्थीत महासंघ सप्तरीको सभाहलमा आइतवार शुरु भएको बन्द सत्रले पाँच बुँदे कठौना घोषणा पत्र जारी गरी तीनबर्षे कार्यकालकोलागी नयाँ नेतृत्व चयन गर्दै अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले बृजमान तामाङको अध्यक्षतामा ६ सदस्य जिल्ला कार्य समिती निर्बिरोध चयन गरेको छ । गठित समितीको उपाध्यक्षमा शिब कुमार चौधरी थारु, सचिबमा खेमराज सिंह दनुवार, सह सचिबमा दिनेश भुजेल, कोषाध्यक्षमा मिना थापा मगर र सदस्यमा हरि मण्डल धानुक चयन भएका छन् ।
आदिबासी जनजाती महासंघ जिल्ला समिति गठन नेमावाली अनुसार निर्बाचित समितीले जातिय संगठनको सिफारिसमा बाँकी सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । लैङ्गिक समानता, जातीय जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व हुने गरी ९ जनालाई सदस्यमा मनोनित गरी १५ सदस्य जिल्ला कार्य समिती बिस्तार गरिने नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।
यसैबीच ऐतिहाँसिक जाजिय पहिचानको आधारमा राज्यको सिमाङ्कन गर्न दबाब मुलक कार्यक्रम गर्ने, जातीय जनसंख्याको आधारमा राज्यको प्रत्येक निकायमा समानुपातिक समाबेशी प्रतिनिधित्व कायम गर्न दबाब मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, अदिबासी जनजातीको पहिचान नामेट गरि स्थानिय तहको पुनर्ससंरचना गरिएकोले आदिवासीको भुगोल, भाषा, संस्कृती, इतिहास र वसोवास क्षेत्रलाई मध्य नजर राख्दै उक्त संरचना परिमार्जन गर्न राज्य संग माग राख्ने र त्यासको लागी कटिबद्ध रहने, आदिवासी जनजाती वसोबास गरेको क्षेत्रलाई बिशेष संरक्षित, स्वयत्त क्षेत्र घोषण गर्नुपर्ने र आईएलओ १६९ र संयुक्त राष्ट्रको घोषणा पत्र २००७ अनुसार राज्यको श्रोत साधन, जल, जंगल, जमिनमा अग्राअधिकार कायम गराउन सम्बन्धित निकायसँग माग गर्ने र कठिबद्ध रहने सहितको पाँच बुंदे कठौना घोषणा पत्र समेत बन्द सत्रले पारित गरेको निर्बाचन मण्डलका संयोजक बेचन प्रसाद चौधरीले जानकारी गराएका छन् ।