राजविराज, १५ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले मङ्गलवार जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।
राजविराज स्थित जिल्ला निर्वाचन कार्यालय अगाडि मोर्चाका नेता तथा कार्यकर्ताहरुले विहान १० बजेदेखि घेराउ गरेका हुन् । उनीहरुले कार्यालयको मुख्य गेटमा नाराबाजी गर्दै घेराउ गरेका छन् ।
परिमार्जनसहितको संविधान संशोधन नभएसम्म निर्वाचन औचित्य नरहेको भन्दै मोर्चाले आन्दोलन गर्दैआएको छ । मोर्चाले घेराउ गरेपछि त्यहाँ व्यापक संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । मोर्चाले घेराउले जिल्ला निर्वाचन कार्यालयको कामकाज प्रभावित भएको छ । यता विहान १० बजेदेखि शुरु भएको घेराउ कार्यक्रममा बेलुकी ५ बजेसम्म जारी रहने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।श्यामसुन्दर यादव/न्यूज टुडे







