कमल मण्डल
लौनिया, २१ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार संघीय समाजवादी फोरम नेपालद्वारा सप्तरीको लौनियामा शनिवार भन्डाफोर कार्यक्रम आयोजना गरियो ।
भवेश्वर मण्डलको अध्यक्षता संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भण्डाफोर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश सदस्य मो. इसुफ अलि, जिल्ला सदस्य अरूण यादव, जिल्ला सदस्य महेश यादव, राम नारायण मण्डल, महेन्द्र खंग, श्रीराम मण्डललगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन अजमत मंसुरीले गरे ।