• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पर्सा मोर्चाले लाठी जुलुस प्रदर्शन गर्ने

वीरगञ्ज, २१ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको शनिवार बसेको बैठकले विभिन्न दुई सुत्रीय निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले यही फागुन २३ गते बाराको जितपुरमा वृहत मोटरसाइकल ¥याली र फागुन २४ गते वीरगञ्जमा वृहत लाठी जुलुस निकाल्ने निर्णय गरेको हो । संदसमा दर्ता रहेको संशोधन प्रस्तावलाई परिमाजर्नसहित पारित गराउन दवाब दिने उदेश्यले वृहत मोटरसाईकल ¥याली र लाठी जुलुस निकालिने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
मधेसी मोर्चाको पुर्व घोषित कार्यक्रम अन्तरगत भण्डाफोर कार्यक्रम अन्तरर्गत फागुन २३ गते बारा–पर्साको विभिन्न गाउँ तथा सहरबाट मोर्चाको अगुवाईमा वृहत जुलुस निकाली दिउँसो ३ बजे जितपुरको गढिमाई मन्दिरमा भेला भई पछि मोटरसाइकल ¥याली निकालिने योजना रहेको बताएका छन् । मधेसी जनताको अधिकार दिन नमानेका ठुला तीन दलको भण्डा फोर गर्दै जितपुरमा मोटरसाइकल निकालिने अध्यक्ष यादवले जानकारी दिए । यस्तै फागुन २४ गते पर्साको विभिन्न गाउँ तथा उपमहानगरपालिका र नगरपालिकाबाट आएका मोर्चका नेता कार्यकर्ता तथा सर्वसाधाणर वीरगन्जको घण्टाघर चोकमा भेला भई वृहत लाठि जुलुश निकालिने अध्यक्ष यादवले बताए । मधेसी जनताको अधिकार दिन नमानेका ठुला तीन दलको भण्डा फोर गर्दै जितपुरमा मोटरसाइकल निकालिने अध्यक्ष यादवले जानकारी दिए । यस्तै फागुन २४ गते पर्साको विभिन्न गाउँ तथा उपमहानगरपालिका र नगरपालिकाबाट आएका मोर्चका नेता कार्यकर्ता तथा सर्वसाधाणर वीरगन्जको घण्टाघर चोकमा भेला भई वृहत लाठि जुलुश निकालिने अध्यक्ष यादवले बताए ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकमा तमलोपाका महामन्त्री जितेन्द्र सोनल ,नेपाल सद्भावना पार्टीका महासचिव शिवप्रसाद पटेल, तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेम बाबु पटेल, तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष वीरेन्द्र यादव,नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष कृष्ण पटेल,  मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष मुस्तकिम अन्सारी लगायतको सहभागिता थिया े।