वीरगंज, १६ फागुन । वीरगञ्ज उमहानगरपालिकालाई महानगरपालिका बनाउने उद्देश्यले विगत ३ दिनदेखि जारी हस्ताक्षर अभियान सोमवार सम्पन्न भएको छ ।
सदभावना पार्टी वीरगंज नगर कार्य समितीले घण्टाघरमा सञ्चालन गरेको हस्ताक्षर अभियानलाई साँझ एक कार्यक्रम गरी समापन गरिएको छ । सदभावना वीरगंज नगर अध्यक्ष एवं हस्ताक्षर अभियानका संयोजक ओमप्रकास सर्राफको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी वीरगंज उपमहानगरपालिकाका निमित कार्यकारी प्रकाश अमात्य,बिशिष्ट अतिथी तमलोपा पर्साका बरिष्ठ नेता शशिकपुर मियाँ, अतिथीहरु नेपाली काँग्रेस पर्साका युवा नेता दिलिपराज कार्की, सदभावना पार्टी पर्साका जिल्ला उपाध्यक्ष ईश्वर यादव, सचिव धर्मेन्द्र पटेल,सदभावना महिला मंच पर्साकी अध्यक्ष रेखा साह लगायतकाले धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले महानगरपालिका हुन लायक तथा सवै मापदण्ड पुरा गरेको वीरगंज उपमहानगरपालिका लाई महानगरपालिका नबनाएकोमा सरकारको कडा बिरोध गरे । वक्ताहरुले पहाडको शहरहरु ईटहरी,पोखरा, नारायणघाट लगायतको शहरलाई महानगरपालिका वनाउन सरकार प्रक्रिया अगाडि बढाएको र तराईको शहरहरुलाई उपेक्षा गरी बिभेद गरेको आरोप समेत लगाए ।
सदभावना पार्टी वीरगंज नगर उपाध्यक्ष सुरेश साह कानु, कोषाध्यक्ष पन्नालाल पटेल, सदभावना युवा मंच पर्सा अध्यक्ष असरफ मन्सुरी,महिला नेतृ मालती कुशवाहा, बिद्यार्थी नेता कृष्णा दास ,सदभावनाका युवा नेता नविन सिंह लगायतको उपस्थिति थियो ।
तीन दिने हस्ताक्षर अभियानको अन्तिम दिन नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष बिनोद गुप्ताले हस्ताक्षर गरी शुभारम्भ गरेको अभियानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबु बैठा, तराई मधेस लोकतान्त्रिक पार्टीका प्रभावसाली नेता शशीकपुर मिया,नयाँ शक्ति पार्टीका बिरगञ्ज नगर अध्यक्ष सुनिल गुप्ता,बिरगंज उधोग बाणिज्य संघका कार्यालय प्रमुख मनोज उपाध्याय, नेपाल राष्ट्रिय इन्जिनियर संगठनका पर्साका अध्यक्ष ई. राजेस यादव,अपाङ्ग कल्याण संघ पर्साका अध्यक्ष संजय सरार्फ,थारु कल्याणकारी सभा पर्साका अगुवा नन्दकिशोर पन्जियार,नेपाली काग्रेसका राम नारायण प्र.कुर्मी ,समाजिक अभियन्ता नवीन सिह,मानव अधिकारकर्मी लालबाबु सिह, एभिन्युजका राजु श्रेष्ठ, संघिय समाजवादी फोरम नेपालका युवा नेता असलम अन्सारी, रामसपाका युवा नेता रोशन पटेल,द राइजिङ नेपाल बिरगंजका नितेस गुप्ता,बिपिसी कलेजका प्रसासकिय अधिकृत संकल्प शाक्य लगायत विभिन्न कलेजका विद्यार्थी, युवा, महिला एवं सर्वसाधारणले हस्ताक्षर गरेका छन् ।
फाल्गुन १४ गतेदेखि जारी अभियानमा बारा, पर्सा र रौतहट गरी करिब १५ हजार भन्दा बढिले हस्ताक्षर गरेको र सो हस्ताक्षरलाई स्थानिय बिकास मन्त्रालय काठमाडौंमा लगिने योजना रहेको हस्ताक्षर अभियानका संयोजक ओमप्रकास सर्राफले बताए । सर्राफले सरकारले वीरगंज सहरलाई महानगरपालिका बनाउन कञ्जस्याइँ गरेको भन्दै कडा आन्दोलन गर्ने सर्राफले बताए ।