• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल सदभावना पार्टी पर्साको अध्यक्षमा कृष्णा पटेल

नेपाल सदभावना पार्टी पर्साको अध्यक्षमा कृष्णा पटेल

वीरगञ्ज, १४ फागुन । नेपाल सदभावना पार्टी पर्साको शनिवार एक कार्यक्रमका बीच पुर्नगठन गरिएको छ ।
घडिअर्वा पोखरी पार्टी कार्यालयमा जिल्लाका उपाध्यक्ष भागरिथ मुखिया बिनको सभापतित्वमा बसेको भेलाले कृष्णा पटेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिती पुर्नगठन गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा भागरिथ मुखिया बिन, सन्तोष सर्राफ, महिला उपाध्यक्ष संगीता तिवारी, सचिव सुजित त्रिपाठी, बिनोद कुशवाहा, प्रचार सचिव भागरिथ साह, कोषाध्यक्ष प्रदिप यादव, सदस्यहरु मैनोदिन मियाँ, बिशाल घिमिरे, सत्यनारायण रौनियार, दुलारचन्द राम, हरेन्द सहनी,रामऔतार शर्मा, विन्देश्वरी पासवान, बिजय पटेल, शम्भु सहनी, नारद ठाकुर, जोगी पटेल, रामअज्ञया मण्डल, संजय कुशवाहा, ज्ञासुदिन मियाँ, प्रदिप पटेल, गीरजा देवी र श्याम बिक्रम साह रहेका छन् ।
उक्त अवसरमा पार्टीका महासचिव शिव पटेल, श्रीमन नारायण मिश्र, महिला केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव, केन्द्रीय सदस्य पप्पु पटेल, सञ्जय पाण्डे, पर्साका महिला जिल्ला अध्यक्ष मुनी श्रीवास्तवलगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।