राजविराज, ११ फागुन । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा देखिएको विवादको उचित समाधान गरि अधिवसनको तिथी तोक्न पत्रकारहरु सम्वद्ध विभिन्न संस्थाले केन्द्रीय समितिसँग आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुरिती विरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गा, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिसँग आग्रह गरेको छ । विवाद समाधान र अधिवेसनको तिथीकालागि यस अघि पुर्व सभापतिहरुले गरेको पहलको उच्च सम्मान गर्दे थप पहल गरि अधिवेसनको वातावरण निर्माणमा पुर्व सभापतिहरुको सक्रिय भुमिकाकोलागि आग्रह गरेको छ ।
विवाद समाधान गरि तत्काल सप्तरी पत्रकार महासंघको अधिबेसनको तिथी तोक्न केन्द्रिय समिती उदासिनता देखाईरहे महासंघको संस्थागत सुदृढीकरण नै संकटमा पर्ने भएकाले यथाशिघ्र विवाद समाधान गरि तिथी तोक्न आग्रह गरेको छ । जिल्लामा सक्रिय पत्रकारहरुको नविकरण नियतवश नगर्ने, आफुखुशी सदस्यता सिफारिस गर्ने र सृजना भएको बिबाद समाधान नगरि अधिवेसन हुन नसक्ने ठहरका साथ हामीले फागुन ७ गतेको अधिवेसन तत्काल स्थगन गर्न माग गरेको आफूहरु तथा जिल्ला शाखाका पुर्व सभापतिज्युहरुको पहलपछि केन्द्रिय समितले फागुन ७ गतेका लागि तोकेको सप्तरी शाखाको अधिबेसन स्थगित गरेको युनियनका केन्द्रीय सदस्य र महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष देवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाईएको छ । लामो इतिहास र अग्रजहरुको लामो प्रयासपछि जिवन्त भएको नेपाल पत्रकार महासंघ सप्तरीको मर्यादालाई कायम राख्न संघर्षको बाटो रोज्न हामी बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।