• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

स्ववियु निर्वाचन सन्दर्भमा छुट्टा–छुट्टै प्रदर्शन

स्ववियु निर्वाचन सन्दर्भमा छुट्टा–छुट्टै प्रदर्शन

राजविराज, १ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्वद्ध विद्यार्थीहरुले नयाँ भर्ना नलिएसम्म स्ववियु चुनाव हुन नदिने भन्दै राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसमा नयाँ विद्यार्थी भर्नाको माग गर्दै मधेशी विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । विद्यार्थी नाराबाजी गर्दै शहिद दशन चौकमा कोणसभा आयोजना गरेका छन् । सभामा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, कोषाध्यक्ष नरेश कुमार यादव, फोरम लोकतान्त्रिकका सत्येन्द्र यादव, महेश कुमार यादव, राधेश्याम यादव, सञ्जीव दास, कृष्ण मण्डललगायतले मन्तव्य व्यक्त गरे ।
यसैगरी नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायतका विद्यार्थी सङ्गठनहरुले आइतवारे क्याम्पसमा प्रदर्शन गरेका छन् । मोर्चा विद्यार्थीहरुले तालाबन्दी गरेको बहानामा मतदाता नामावली प्रकाशन नगरेको भन्दै टायर बालेर प्रदर्शन गरेका छन् ।