राजविराज, २८ माघ । नेपाल मजदुर किसान पार्टीको जनवर्गिय संगठनको रुपमा रहेको नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रवारदेखि राजविराजमा प्रारम्भ भएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष शारिरीक अस्वस्थताका कारण आउन नसकेपछि पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले अधिवेशनको उदघाटन गरेका छन् । देशका सत्ताधारी दलहरुले किसानहरुको वास्तविक समस्या र पिडा नबुझिदिएका कारण देशमा परनिर्भरता बढ्दैगएको बताए । सरकारले किसानको वास्तविक समस्यालाई सरकारले सम्वोधन गर्न नसकेका कारण कृषि क्षेत्रको अवस्था झन जर्जर हुँदैगएको उनले बताए ।
ऐतिहासिक परिवर्तन आएपनि विदेशी हस्तक्षेप वढदै गएको, राजनितिक दलले गर्ने काम विस्तारै आईएनजिओहरुले गर्न थालेको नेताले प्रजाप्रतिले बताए । पार्टीका कार्यकर्ता घोषणा पत्र बोकेर गाउँ पस्नुपर्ने वेलामा तिनै आईएनजिओको कार्यकर्ता बन्ने क्रम वढेको आरोप लगाए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिनेश साह, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय अध्यक्ष दिर्घवहादुर शाही, विद्यार्थी संघका अध्यक्ष सरोज साह, महिला संघकी अध्यक्ष कमलमायाँ सुवाल, युवा संघका अध्यक्ष मुक्ति यादव, नेमकिपाका सप्तरी जिल्ला अध्यक्ष दिगम्वर यादव र वजिर विकेलगायतले मन्तव्य व्यक्त गरे । नेपाल क्रान्तिकारी किसान संघका केन्द्रिय अध्यक्ष एवम् डिल्लीप्रसाद काफलेको अध्यक्षतामा उद्घाटन समारोह आयोजना गरिएको थियो ।
यसैगरी यता संघको अधिवेशन विथोल्ने क्रममा मधेशी मोर्चाका दुई दर्जन जति नेता कार्यकर्ता पक्राउ परेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्यि मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष शतिस कुमार सिंह, सदभावना पार्टीका ३ नम्वर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामसहित डेढ दर्जन रहेका छन् ।
