• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

एकीकृत बार्षिक योजना तर्जुमा कार्यशाला गोष्ठी सञ्चालन

एकीकृत बार्षिक योजना तर्जुमा कार्यशाला गोष्ठी सञ्चालन

राजविराज, २७ माघ । आगामी आर्थिक बर्षकोलागि योजना तर्जुमा गर्न मद्दत पु¥याउनकालागि जिल्ला विकास समिति सप्तरीद्वारा सहभागितामुलक एकीकृत बार्षिक जिल्ला विकास योजना तर्जुमासम्बन्धी दुई दिने तालिम तथा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिविस सप्तरीद्वारा आयोजित कार्यशालाको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले जिल्लाको विकासीय योजना निर्माणमा सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने बताए । स्थानीय तहमा सहभागितामूलक बार्षिक योजनाको अवधारणा, योजना तर्जुमाका कानूनी तथा नीतिगत आधार, योजना तर्जुमा विधि तथा प्रक्रिया, र स्रोतसाधनको प्राथमिकता निर्धारण सम्बन्धमा विषयगत कार्यालय तथा गैसस लगायत सरोकारावाला बीच साझा धारणा र बुझाइ तयार गर्नु तथा बार्षिक योजना तर्जुमा गर्न आवश्यक पक्षहरू बारे जानकारी प्राप्त गरि कार्यतालिकाको तयारी मार्फत योजना तर्जुमा प्रक्रिया व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको जिविस सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्काले जानकारी दिएका छन् ।
कार्यशाला गोष्ठीमा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, वसन्त राज गौतम, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, कार्यक्रम अधिकृत नवराज खड्का, विश्व खाद्य कार्यक्रमका प्रकाश राईसहितकाले सहजीकरण गर्ने जनाईएको छ ।