• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

रुपनीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

राजविराज, १४ माघ । सामुदायिक सेवा केन्द्र सप्तरीको आयोजनामा रुपनी स्थित पुर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी, पुर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाको(देवी(जोगेन्द्र भगत))रुपनी र लाइफ गार्ड हस्पिटल प्रा.लि.बिराटनगरको सहकार्यमा शिविरको आयोजना गरिएको हो । शिविरमा लाइफ गार्ड हस्पिटल प्रा.लि.बिराटनगरबाट ९जना चिकित्सक तथा सगरमाथा अञ्चल अस्पताल राजविराजबाट समेत चिकित्सकहरु उपस्थित भई बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । स्वास्थ्य शिविरमा ७ सय ५० जना बढी सेवाग्राहीले सेवा लिएका छन् ।