• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदह अस्पतालमा शुरु भयो आकस्मिक सेवा

भारदह, ६ माघ । सप्तरीको भारदह गाविस स्थित भारदह अस्पतालमा एक कार्यक्रमका बिच बुधवार आकस्मिक सेवाको सञ्चालन भएको छ ।
भारदह गाविसका सचिव तथा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष राम ढकाल र भारदह अस्पताल सघर्ष समितिका संयोजक गोसाई मण्डलले संयुक्त रुपमा सेवा सञ्चालनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा महिला स्वयम सेविका गिता देवी वैश्य, अस्पताल व्यवस्थापन समितिका सदस्य सुकदेव यादव ,नेपाली कांग्रेस गाउँँ समिति अध्यक्ष बिनोद माझी, संघीय समाजवादी फोरम नेपालका प्रभानन्द मण्डल, जनस्वास्थ्य कार्यालयका लेखापाल बिपिन श्रेष्ठ, जन स्वास्थ कार्यालयका खरिदार राजकुमार मेहता नेपाली कांग्रेसका जिल्ला सदस्य उमेश मिश्र, अस्पतालका अहेव रामचरित्र साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको अस्पतालका प्रमुख धरमेन्द्र खड्गाले जानकारी दिएका छन् ।