• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महानिरीक्षक अर्यालद्वारा सप्तरीको रुपनीमा प्रहरी अस्पताल उद्घाटन(फोटो फिचर समेत)

महानिरीक्षक अर्यालद्वारा सप्तरीको रुपनीमा प्रहरी अस्पताल उद्घाटन(फोटो फिचर समेत)

राजविराज, ३ माघ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमवार सप्तरीमा नव निर्मित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत)को उद्घाटन गरेका छन् ।
रायपुर गाउँ विकास समितिको वडा नम्वर–८ रुपनीमा निर्मित अस्पतालको वहाँले एक समारोहका बिच उद्घाटन गरेका छन् । जग्गासमेत गरी कुल ३० करोडको लागतमा निर्मित अस्पताल उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले पुलिसको मात्र नभई सर्वसाधारण जनताले समेत प्रभावकारी सेवा पाउने बताए । उक्त अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरी सेवा सुविधालाई प्रभावकारी बनाउँदै लगिने महानिरीक्षक अर्यालले जानकारी दिए ।
नेपाल प्रहरी अस्पतालका प्रमुख अतिरिक्त महानिरीक्षक डा. रामचन्द्र पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अस्पतलालका लागि २ विगहा ५ कट्ठा जग्गा प्रदान गर्ने जग्गादाता जोगेन्द्र भगत र ठाको देवी भगत दम्पतीलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरे, सांसद मानपुर चौधरी, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उप–कुलपति बलभद्र दास, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, स्थानीय बलराम यादवलगायतले अस्तपलालको सेवा सुविधा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
सोही अवसरमा प्रमुख अतिथि अर्यालले अस्पताल परिसरमा बृक्षारोपणका साथै भगत दम्पतिको प्रतिमूर्ती समेत अनावरण गरेका छन् ।