• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका जनस्वास्थ्य प्रमुख साहमाथि हातपातको प्रयास

सप्तरीका जनस्वास्थ्य प्रमुख साहमाथि हातपातको प्रयास

राजविराज, २८ पुष । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख हरिश्चन्द्र साहलाई कार्यालयकै एक अधिकृतले हातपातको प्रयास गरेका छन् ।
आफ्नै कार्यकक्षमा तथ्यांक शाखा प्रमुख तथा सुचना अधिकारी छेदी यादवले हातपातको प्रयास गरेको श्रोतले जनाएको छ । कार्यालय प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भनाभन भएपछि यादवले हातपातको प्रयास गरेको श्रोतको दावी छ ।
एक महिनाअघि मात्र सरुवा भएर आएका वरिष्ठ जनस्वास्थ्य प्रशासक साहले दिएको अनुसार यादवले सुरुदेखि नै हरेक कुरामा हस्तक्षेप गर्दै आएको बताए । पछिल्लो पटक खरिद समिति गठन गर्दा उनको नाम समावेश नभएपछि आवेशमा आएर आफुमाथि दुब्र्यवहार गरिएको साहको भनाई छ ।
प्रमुख साहले भने ‘कुटपिट गर्नै खोजीएको थियो, यद्यपी कार्यालयकै अन्य कर्मचारीले बचाए, मलाई निवासमै ढोका थुनेर तथानाम गाली गरियो ।’ यादवले कार्यालयका टेण्डर प्रकृयादेखि हरेक फाँटको जानकारी समेत आफुसँग माग्ने गरेको साहले गुनासो गरेका छन् । घटनाका विषयमा आफुले सप्तरीका सिडिओ वलदेव गौतम तथा सुरक्षा निकायका प्रमुखहरुलाई समेत जानकारी गराई सकेको कार्यालय प्रमुख साहले जानकारी दिए ।
यता, यादवले भने साह आएपछि आफुले विगतमा गरेको विभिन्न कामको भुक्तानी नदिएको, वार्षिक प्रतिवेदनको पुस्तक छपाई वापतको रकम नदिएको र यसवारे भन्दा जथाभावि कुरा गरी विवाद वढाउने काम गरेपछि आफु आवेशमा आएको वताए ।
यता कार्यालयका केहि कर्मचारीहरुले भने विभिन्न विषयको भुक्तानी वापत कमिसनमा कुरा नमिलेपछि कार्यालय प्रमुख साह र यादव विच विवाद सुरु भएको जनाईएको छ ।