• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अञ्चल अस्पताल राजविराजको अध्ययन गर्दै मन्त्रालयको टोली

अञ्चल अस्पताल राजविराजको अध्ययन गर्दै मन्त्रालयको टोली

राजविराज, १९ पुस । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको वस्तुस्थिति अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको छानबिन टोली आईपुगेको छ ।
मङ्गलवार बेलुकी मन्त्रालयबाट पाँच जनाको टोली अस्पताल आइपुगेको हो । टोलीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहितका चिकित्सक, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरीसहित स्थानीय समाजसेवीसमेतसँग अस्पतालको अवस्थाबारे प्रारम्भिक जानकारी लिएका छन् ।