राजविराज, १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले सोमवार राजविराजमा खबरदारी जुलुश प्रदर्शन गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको ¥याली राजविराज नगरपालिकाको विभिन्न परिक्रममा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो । सभामा नेताहरुले संविधान परिमार्जित प्रस्ताव बिनाको निर्वाचन घोषणा कुनै पनि हालतमा नहुने भन्दै बलपूर्वक गराउने प्रयास भए यसले देशमा ठूलो सङ्कट निम्त्याउने चेतावनी दिएका छन् ।