राजविराज, १४ पुस । सप्तरीको कोइलाडि गाविसको निम्न माध्यमिक विद्यालयमा विहीवार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
तपेश्वरी समाज र हुर्क नेपालको आयोजना तथा द फ्रिडम फण्डको सहयोग तथा आर.के.चिल्डेन अस्पताल बिराटनगर र प्राइभेट आँखा क्लिनिक राजविराजको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविरको उद्घाटन प्रमुख अतिथी नेपाली कांग्रेस सप्तरी जिल्ला सचिव रामकुमार यादवले गरेका थिए ।
आयोजक संस्थाका सञ्चालक समिति अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता नित्यान्द सिंह, सुभाष चन्द्र सिंह, कार्यक्रम संयोजक प्रदिप कुमार जोशी, आयोजक संस्थाका अफिसर पंकज सरकार, तरुण दलका जिल्ला उपाध्यक्ष सिता प्रसाद यादव, युवा नेता तिर्थ नारायण दास, शिक्षक पप्पी सिंहलगायतले मन्तव्य व्यक्त गरे ।