राजविराज १३ । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका निर्देशक बद्री कार्कीले बैदेशिक रोजगारमा पठाउने अबैध म्यानपावर तथा ऐजेन्टलाई कानूनी कार्वाही गर्नुपर्ने बताएका छन् ।
एम्नेस्टी ईन्टरनेशनल नेपाल सप्तरी समुह ३० को आयोजनामा बैदेशिक रोजगारको चुनौती र हाम्रो भुमिका बिषयक कार्यक्रममा कार्कीले सो कुरा बताएको हो । विदेश पठाईदिने नाममा पासपोर्ट र रकम लिने त्यस्ता म्यानपावर वा ऐजेन्टहरु बिना बैदेशिक रोजगार बिभागवाट अनुमति नलिई अबैध कारोवार गर्नेलाई कानुनी कार्यवाही गर्नुपर्ने बताए । स्थानियस्तरमा बिना लाईसेन्स ऐजेन्ट वा अबैध म्यानपावर खोलेर बस्नेलाई बिभागमा उजुरी दिएमा त्यस्ता म्यानपावरलाई जरिवाना सहित बन्द गर्न बैदेशिक रोजगार बिभागले कानुनी ब्यवस्था गरेको उनले जानकारी दिए । निर्देशक कार्कीले ठगीमा परेका कामदारले प्रयाप्त प्रमाण सहित बिदेश फिर्ता भएको १ वर्ष भित्र बैदेशिक रोजगार बिभागमा उजुरी दिएमा आबश्यक क्षतिपुर्ति पाउने उनले बताए । 
एम्नेस्टी ईन्टरनेशनल नेपालका अध्यक्ष राजेन्द्र कुईकेलले बैदेशिक रोजगारमा जाने सम्भावित आप्रवासी कामदारले सबै कुरा बुझेर जानेर गएमा ठगीमा पर्ने सम्भावना न्युन हुने बताए । कुन कम्पनीमा, कुन काममा, रकमको ग्यारेन्टी जस्ता प्रक्रिया बारेमा सबै कुरा थाहा पाएर गएमा ठगिने सम्भावना कम हुने र बैदेशिक यात्रा सफल हुने निर्देशक कार्कीले बताए ।
सवल नेपाल र एस सि डिसी सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा स्थानिय बिकास अधिकारी सुदेब पोखरेलले चेतनाको कमि कारण ठगीमा पर्ने गरेको बताए । गाउँ परिषदमा योजना छनौट गर्दा बैदेशिक रोजगारी वारेमा चेतनामुलक कार्यक्रमहरु राख्न निर्देशक दिने पोखरेलले प्रतिवद्धता जनाएको छ । कार्यक्रममा बरिष्ठ पत्रकार अनिल कुमार अनलले बैदेशिक रोजगारमा युवाहरु पलायन भएपछि कृषिमा पनि असर पुगेको बताउदै उनले भने सरकारले युवा लक्षित योजना ल्याई स्वदेशमै रोजगारको अवसरको सृजना गर्नेपर्ने बताए ।
एम्नेस्टी ईन्टरनेशनल नेपालका अध्यक्ष राजेन्द्र कुईकेलको अध्यक्षतामा आयोजित कार्यक्रममा एम्नेस्टीका पूर्व अध्यक्ष शंभुनन्दन चौधरीले धन्यवाद ज्ञापन, जिल्ला अध्यक्ष नविन गुप्ताले स्वागत मन्तव्य व्यक्त गरे भने सुचना तथा परार्मश केन्द्रका राजविराजका रामप्रमेश मण्डलले कार्यक्रम सञ्चालन गरे ।