• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बनैनियाँ महुकी, ट्राफिक चौक सडकको डी.पी.आर. शुरु

बनैनियाँ महुकी, ट्राफिक चौक सडकको डी.पी.आर. शुरु

राजविराज, ११ पुस । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको योजना अन्तर्गत बनैनियाँ महुकी, ट्राफिक चौक सडकको डी.पी.आर.काम सोमवारदेखि शुरु भएको छ ।

नेपाली काँग्रेस सप्तरीको पहलमा मन्त्रालयवाट उक्त सडकको डी.पी.आर. गर्न टोली खटाइएको र सर्वे हुने वितिकै लोकमार्ग देखि बोडर सम्मको निर्माण कार्य चाडै नै हुने ने.का.सप्तरीका सभापति दिनेश कुमार यादवले बताए । रिमोट एरिया डेभ्लोपमेन्ट ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि.ललितपुरले भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयबाट २१ किलोमिटर रहेको सडकको डी.पी.आर.गर्ने जिम्मेवारी पाइएकोले चाडै नै डी.पी.आर. गरी मन्त्रालयमा पेश गर्ने डाइरेक्टर अशोक कुमार ईसरले बताए । उनले भने सडकको विच सेन्टर देखि दुवै साइड १५÷१५ मीटरको सर्वेक्षण लागतको अनुमाण गर्ने बताए ।
सडकको डी.पी.आर.भइरहेको अनुगमन गर्न नेपाली काँग्रेस सप्तरी क्षेत्र नं.४ का क्षेत्रिय सभापति राम प्रसाद मंडल,सचिव भोगेन्द्र प्रसाद यादव, महाअधिवेशन प्रतिनिधि नन्दकिशोर यादव, समाजसेवी अर्जन प्रसाद यादव लगायतका स्थानीवासीको उपस्थिति रहेको थियो ।
यसैगरि नर्घो गाविसको पश्चिमवारिया टोलको हनुमान मन्दिर देखि पुर्व टोल सम्म,सिमा्रहा सिगियौन–२ देखि बाबा डिहवार थान देखि सम्म र गाविस मलेठको नहर चौकदेखि पश्चिमवारिया टोल हुदै जोलहरि मलेठको मस्जिदसम्मको सडकमा माटो तथा ग्राभेलको हुने योजना रहेको बताईएको छ ।