• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको दोस्रो दिन दुई किर्तिमान(फोटो फिचर)

राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको दोस्रो दिन दुई किर्तिमान(फोटो फिचर)

राजविराज, पुष ११ पुस । सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा महिलातर्फ २ खेलाडीले राष्ट्रिय किर्तिमान बनाउन सफल भएका छन् ।
नेपाल प्रहरीको देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी हुन् । चौधरीले आफ्नै नामको किर्तिमान भङ्ग गर्ने व्रmममा स्नायचमा ६० र क्लीन एण्ड जर्कमा ७८ गरी कुल १ सय ३८ कीर्तिमानी तौल उचालेर स्वर्ण पदक हात पारेकी छिन् ।
यो भन्दा अगाडि उनकै नाममा स्नायचतर्पm ५८ र क्लीन एण्ड जर्कमा ७७ गरी १ सय ३५ केजी तौल उचालेको कीर्तिमान रहेको थियो । उक्त तौल समूहमा नेपाल प्रहरीकै सङ्गीता राई १ सय ४ केजी उचालेर रजत तथा पश्चिमाञ्चलकी टीकामाया गुरुङले ९२ केजी तौल उचालेर कास्य पदक प्राप्त गरेकी छिन् ।
५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नायचतर्फ ६६ र क्लीन एण्ड जर्कतर्फ ७९ गरी कुल १ सय ४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसअघि सो तौल समूहमा १ सय ४० केजीको कीर्तिमान कायम रहेको थियो ।
पुरुषतर्पmको ६९ केजी तौल समूहमा मध्य पश्चिमाञ्चलका प्रकाश केसी २ सय ८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुज बहादुर सारुले १ सय ९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओम प्रकाश वैश्यले १ सय ८७ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । पुरुषतर्फकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २ सय ५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १ सय ९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १ सय ६२ केजी तौल उचालेर कास्य पदक हात पारेको छ ।
पौष १३ गतेसम्म चल्ने प्रतियोगितामा १५ स्वर्णकालागि पाँचै विकास क्षेत्रका र ३ वटा विभागीय टोलीका गरी १ सय २३ जना खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।