• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

शनिवारको खेलमा कल्याणपुर क्रिकेट टिम विजयी

शनिवारको खेलमा कल्याणपुर क्रिकेट टिम विजयी

राजविराज, ९ पुस । च्याम्पियन्स क्लव रुपनीद्वारा रुपनीमा सञ्चालित रुपनी प्रिमिर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा सप्तरीको कल्याणपुर क्रिकेट टिम विजयी भएको छ ।
सिरहाको सलहेश क्रिकेट टिमलाई ७ विकेटले पराजित गर्दै कल्याणपुरको स्कोचर क्रिकेट टिम सेमी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ्ग गरेको सिरहा क्रिकेट टिम निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ६ रन बनायो । टिमका लागि प्रदीप मण्डल २७ र सुमन विकले ३१ रन बनाए ।
बलिङ्गतर्फ कल्याणपुरको राहुल कुमार ४ र राजीव कुमारले २ विकेट लिए । प््रतिउत्तरमा व्याटिङ्ग गर्न आएको कल्याणपुर १२ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि राजीव कुमार ५० र आलोक बिराजीले ३२ रन बनाए । बलिङ्गतर्फ सिरहाका राकेश मण्डल र दिलिप साहले १÷१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच विजयी टिमका राजीवकुमार घोषित भए । उनलाई समाजवादी युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्णले पुरस्कार दिए । प्रतियोगिता अन्तर्गत आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा बरहीबीरपुर र बिसनपुर क्रिकेट टिम प्रतिस्पधौ गर्ने आयोजकका दिलिप साहले बताएका छन् ।