• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्रान्तिकारी नेता मण्डलको अन्त्येष्टि, मोर्चाद्वारा दुःख व्यक्त

क्रान्तिकारी नेता मण्डलको अन्त्येष्टि, मोर्चाद्वारा दुःख व्यक्त

राजविराज, ६ पुस । नेकपा(माओवादी केन्द्र)का सल्लाहकार धनुषा देवडिहा–६ खिरखिरयाका ६४ वर्षीय हरिदेव मण्डलको बुधवार अन्त्येष्टि गरिएको छ ।
गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाका सैन्य कमाण्डर समेत रहेका उनको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । चारु मुजुमदारको नक्सलवादी आन्दोलनबाट प्रभावित र प्रेरित भएर सर्वहाराहरुको मुक्तिसङ्ग्रामकालागि उनले कठोर सङ्घर्ष गरेका थिए । २०३६ सालदेखि रामराजा प्रसाद सिंह नेतृत्वको जनमोर्चाका संगठन विभाग प्रमुख र प्रवक्ता रहेका उनले ०५१ पछि नेकपा एमालेसँग आवद्ध भएका थिए । विगत केही वर्षदेखि उनी नेकपा माओवादी केन्द्रमा आवद्ध दिए । उनको शरिरलाई धनुषा जिल्लाको देवडीहा गाविस वडा नं.६ स्थित खिरखिरियामा अन्तिम संस्कार गरिएको छ ।
यसैगरी जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । नेता मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा उनले गहिरो समवेदना व्यक्त गरेका छन् ।