• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

टंकीसिनुवारीको युनाईटेट स्प्रिट उद्योगमा भिषण आगलागी

टंकीसिनुवारीको युनाईटेट स्प्रिट उद्योगमा भिषण आगलागी

विराटनगर, ४ पुस । मोरङको टंकीसिनुवारी २ स्थित युनाईटेट स्प्रिट लिक्वर्स प्रा.लि. मा सोमबार बिहान आगलागी भएको छ ।
लिक्वर्स फ्याक्ट्रीको पश्चिम पट्टी रहेको स्प्रीट प्लान्टमा बिहान ३ बजेको समयमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट उद्योगको रहेको कच्चा पदार्थ तथा प्लान्ट जल्दा अन्दाजी एक करोड बराबरको क्षति भएको बताइएको छ । स्थानीय इलाका प्रहरी कार्यालय निमुवाबाट गएका नेपाल प्रहरी र स्थानीय सशस्त्र प्रहरीको टोली तथा उद्योगका मजदुरहरुको सहयोगमा आगो नियन्त्रणमा आएको जनाईएको छ ।

यसैगरी उदयपुरको खाँबु ३ कुभिन्डेटोल स्थित हरिचन्द्र बस्नेतको घरमा आइतवार राती बिद्युत सर्ट भई आगलागी हुँदा काठ र ढुङगा माटोले बनेको तीन घर र घरभित्र रहेको खाधान्न, लत्ताकपडा जल्दा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ ।