• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहको सेवा गैर कानूनी

लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहको सेवा गैर कानूनी

सिरहा, ३० मंसिर । सिरहाको लहान–३ स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ ।

जिल्ला स्वास्थ्य प्रमुख दयाशंकरलाल कर्ण सहितको जिल्लास्तरीय अनुगमन टोलीले बिहीबार यो पोलिक्लिनिक अनुगमन गर्दा ईजाजत नपाएको सेवा समेत गैरकानुनी तरिकाले सञ्चालन गरेको पाइएको हो । अनुगमन टोलीले यो पोलिक्लिनिकमा भिडियो एक्सरे, शल्यक्रिया, फर्मेसी र एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको जिल्ला स्वास्थ्य प्रमुख कर्णले जानकारी दिएका छन् ।
‘अनुगमनको क्रममा पाईएको गैरकानुनी कार्यको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाउँछौं’ कर्णले भने, यो पोलिक्लिनिकलाई बहिरंग, इसिजि, प्रयोगशाला, प्रसुती (समान्य) र रेडियोलोजि विभागबाट ईजाजत लिएर एक्सरे सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले ईजाजत दिएको फोकल पर्सन उमेश कर्णले बताए ।
ईजाजत नै नपाएको फार्मेसी, भिडियो एक्सरे, शल्यक्रिया लगायतका सेवा सञ्चालन गरेर नियम कानुन मिच्ने यो पोलिक्लिनिकलाई कुन हदसम्मको कारबाही गर्ने प्रतिबेदनमार्फत सुझाव माग गरिने जिल्ला स्वास्थ्य प्रमुख कर्णले बताए । जिल्लाभरी ४८ वटा पोलिक्लिनिकलाई सामान्य प्रसुती सहितका पाँचवटा सेवा संचालन अनुमति दिइएको जनाईएको छ ।