• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विश्व कलाकार संघ नेपालको अध्यक्षमा जोशी

राजविराज, ३० मंसिर । विश्व कलाकार संघको कार्यकारिणी समिति गठन गरिएको छ ।
कुमार जोशी (केदार)को अध्यक्षतामा गठित तदर्थ समितिको महासचिवमा लक्ष्मण जोशी, सचिवमा रमेश कार्की (लेकाली), कोषाध्यक्षमा योगिता थापा, र सहकोषाध्यक्षमा पेम्बा छोटी र शेर्पा गोले रहेका छन् । साँस्कृतिक संयोजकमा मदन के.सी. तथा मेडिया पार्टनरमा कमल विष्टलाई चयन गरिएको छ ।
सदस्यहरूमा पद्म लामा (अध्यक्ष पोर्तुगल), अजय लोपचन(अध्यक्ष स्पेन), प्रकाश पाठक(अध्यक्ष बहराइन), शशीशंकर यादब (उपाध्यक्ष स्विट्जÞरलैंड), सुवास पुन मगर (महासचिव पोर्तुगल), किरण दिप ( कोषाध्यक्ष पोर्तुगल), डिक कार्की (महासचिव स्पेन), रोशन श्रेष्ठ (सचिव जर्मनी), अनिल थापा(बेल्जियम), संतोष न्यौपाने (बेल्जियम), शकुन्तला थापा (ईंटाली) र आशा गुरूङ्ग (होलैंड) रहेको संघका महासचिव लक्ष्मण जोशीद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
विगतमा अन्तराष्ट्रिय कलाकार मञ्चका केही पदाधिकारीको स्वेछारी र हैकमवादी प्रवृतिका कारण बाध्य भएर संघ गठन गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ । मञ्चसँग कुनै पनि काम कारवाहीमा आफूहरुको सहभागिता नरहेको समेत सम्पूर्ण कलाकार जगत तथा नागरिक समाजमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको छ ।