बृजमान तामाङ/ बिरेन्द्र बजार, २८ मंसिर । विगत २९ बर्ष भन्दा लामो इतिहास बोकेको सप्तरीको सितापुर बजारको विवाद उत्कर्षमा पुगेको छ ।
बजार ब्यबस्थापन समिति र जग्गा धनी बिचको हठका कारण विवाद उत्कर्षमा पुगेको हो । बजार ब्यबस्थापन समितिले हाल बजार लागेको जग्गा २०४४ सालमा तत्कालीन सगरमाथा अञ्चलाधीश सुर्य बहादुर सेन ओलीले बजारको उद्घाटन गरेको जनाउँदै जग्गा बजारको भएको दाबी गरेको छ ।
राजेश दासले बजार लागेको जग्गा आफ्नो नम्बरी भएको दाबी गर्दै जग्गा खाली गर्न डोजर लगाएर ३० बर्ष भन्दा लामो इतिहास बोकेको बजारका भौतिक संरचनाहरु भत्काउने प्रयास गरेपछी विवाद चुलिएको छ । तीस बर्ष अघि तत्कालिन जग्गा धनी देबी नारायण सिंहले बजारलाई १ बिधा २ कठ्ठा ९ धुर जग्गा दान गरेपछि बजारकालागि आश्यक पुर्वाधारहरु निर्माण ग्रामिण बिकास केन्द्रले गरेर बजार लागेको जानकारी बताए । उनका अनुसार बजार व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरीले तत्कालिन श्री ५ ऐश्वर्य राज्य लक्ष्मी देबी शाहको ३९औं जन्मोत्सबको अवसर पारेर २०४४ सालमा तत्कालीन अञ्चालधिश ओलीले बजारको उद्घाटन गरेको बताए ।
उनले बजार लाग्दै गरेको जग्गा बजारको ऐतिहासिक आधारमा पनि बजारको हुनुपर्ने ठोकुवा दावी गरे । उनले भुमाफीयाहरुले जग्गा हडप्नकोलागि विभिन्न जालझेल गरेर पछि जग्गाधनी भई बजार विस्थापित गर्न खोजेको आरोप लगाए ।
यता जग्गाधनी दासले उक्त जग्गा रञ्जेनेश्वर सिंहले आफुलाई २०७२ सालमा बेचेको जानकारी गर्दै जग्गा आफ्नो नम्बरी भएकोले जग्गा खाली गर्न बजार समितिलाई बारम्बार आग्रह गर्दा नमाने पछि डोजर लगाएर खाली गर्न लाग्दा बजार समितिले अवरोध गरेको जानकारी दिए । उनले सोमबार जग्गा खाली गर्न गए पनि बजार समितीले पुस ३ गतेसम्म पर्खि दिन भनेपछि विवाद नगर्ने मनसायले त्यतिकै फर्किएको बताए ।
यसबारे गाविस सचिब भुमिराज ब्लोन तामाङसँग बुझ्दा विवाद समाधानकालागि दुबैपक्षसँग छलफल भईरहेको प्रतिक्रिया दिए ।