• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा पुस १ र २ गते महिला शिक्षकहरुको भेला

राजविराजमा पुस १ र २ गते महिला शिक्षकहरुको भेला

राजविराज, २८ मंसिर। सप्तरी जिल्लाको सामुदायिक तथा नीजि विद्यालयका महिला शिक्षकहरुको भेला राजविराजमा आयोजना हुने भएको छ ।
महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैलाई जानकारी गराउँदै महिला शिक्षकहरुका तत्कालिन र दिर्घकालिन समाधानका योजना बनाउने उद्देश्यकासाथ सप्तरीमा पहिलो पटक भेला आयोजना हुने भएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा पुस १ र २ गते हुने राजविराजमा सम्पन्न हुने भेलामा सामुदायिक विद्यालयका ५८८, संस्थागत विद्यालयका एक–एक गरी ४५ जना र अन्य वालविकास गरी कुल ७ सय महिला शिक्षक सहभागि हुने शिक्षा कार्यालयमा सोमवार आयोजित छलफल कार्यक्रममा शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए ।
महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासको वारेमा अर्को विद्यालयका महिला शिक्षकले जानकारी पाउने, सुधारको वाटोमा रहेका शिक्षकलाई हौसला प्राप्त हुने र उनीहरुले भोगिरहेका समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन समाधानका उपायहरुको खोजी गरिने पाण्डेले बताए । महिला शिक्षकहरुकै कारण प्राथमिक तहमा वालवालिकाहरुको उपस्थिति तथा नियमिततामा वृद्धि भएको तथा शिक्षाका क्षेत्रमा उनीहरुको योगदान अतुलनिय हुँदाहुँदै पनि उनीहरु प्राय अगाडि आउन नसक्दा महिला शिक्षकहरुले दैनिक रुपमा भोगीरहेका समस्या पनि गौण अवस्थामै रहने गरेकोले समाधानको खोजी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा विशेषज्ञ डा. विद्यानाथ कोईराला, डा. लक्ष्मण ज्ञवाली, डा. सुसन आचार्य लगायतका शिक्षा विज्ञहरु समेत आउने शिक्षा अधिकारी पाण्डेले बताए । सुनौलो शिक्षा कार्यक्रम २०१६ अन्तर्गत ‘महिला शिक्षकले चाहे गर्न सक्छन’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको छ ।