• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा पहिलो पटक निर्माण हुने भो दलित छात्रावास

सप्तरीमा पहिलो पटक निर्माण हुने भो दलित छात्रावास

राजविराज, २५ मंसिर । जिल्लामै पहिलो पटक दलित विद्यार्थीहरुकालागि सप्तरीको इटहरी बिष्णुपुर गाविस ९ रञ्जितपुरमा दलित छात्रावास निर्माण हुने निश्चित भएको छ ।
सप्तरीको क्षेत्र नम्बर ३ का सांसद तथा पुर्वमन्त्री उमेशकुमार यादवको पहलमा रञ्जितपुरस्थित सार्वजनिक ऐलानी ५ कठ्ठा जग्गामा निर्माण हुन लागेको उक्त छात्राबास भवनको एक कार्यक्रमबीच स्थानियवासिन्दा समेत रहेका पुर्व शिक्षक दिनेश यादवले शिलान्यास गरेका छन् ।
पुर्वमन्त्री यादवको संसदीय विकास कोष तथा अन्य श्रोतबाट करिब ३० लाखको लागतमा ५ कोठे भवन निर्माण गरिने लक्ष्य रहेको भवन निर्माण समितिका अध्यक्ष किसुनदेव रामले बताए । भवन शिलान्यास कार्यक्रममा नेपाल दलित कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुकदेव राम, पुर्व इन्जिनियर सुगम्बर यादव, भवन निर्माण समितिका पदाधिकारी समेतको सहभागिता रहेको थियो ।