• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अञ्चल अस्पतालका सरसफाई कर्मचारी आन्दोलित

अञ्चल अस्पतालका सरसफाई कर्मचारी आन्दोलित

राजविराज, २१ मंसिर । पेशागत सुनिश्चितता सहित पाँच सूत्रीय माग राख्दै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका सरसफाई कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।
आफूहरुको मागप्रति अस्पताल प्रशासन चासो नदेखाएपछि सोमवारदेखि आफूहरु आन्दोलनमा उत्रेको सरसफाई कर्मचारीहरुले बताएका छन् । उनीहरुले अस्पतालमा रहेका ज्यालादारी कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, नेपाल सरकारको मापदण्ड अनुसारको तलब एवम् अन्य सुविधा कायम हुनुपर्ने, सरसफाई कर्मचारीको पोशाकको व्यवस्था, आवासको सुविधा, स्वास्थ्य कर्मचारी सरह ज्यालादारी कर्मचारीको निःशुल्क औषधी उपचारलगायतका सुविधा लगायतका माग राखेका छन् ।