• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

नयाँ शक्ति र फोरम नेपाल बीच एकता कि आवश्यक्ता ?

नयाँ शक्ति र फोरम नेपाल बीच एकता कि आवश्यक्ता ?
rajesh-bidrohi
राजेश विद्रोही

राजेश विद्रोही 
केही दिनदेखि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच एकताको चर्चा चलिरहेको छ । यसको प्रमुख कारण दुवै दलमा रहेको नजिकको राजनीतिक आस्था, विचार र सही राजनितिक दृटिकोण हुन् । मुलुकको भौगोलिक र व्यवहारिक अवस्थाको कारण उत्तर चीनको भन्दा दक्षिण भारतसँगको सम्वन्ध सयौं गुणा नजिर र बलिया छन् र, रहिरहने देखिन्छ । जसले जति चुरीफूरी देखाए पनि अन्तत भारतकै शरण पर्ने इतिहास साक्षी छन् । त्यो भनेको नेपालको वाध्यता र आवश्यक्ता दुवै हुन् ।
भारतको पुरानो राजनीतिक सम्वन्धको रूपमा रहेको नेपाली काँग्रेस पश्चात नेपालमा युग सापेक्ष भारतीय नयाँ राजनीतिक शक्ति छैन । त्यसैले भारत नेपाली राजनीतिको दोसाँधमा छन् । वि.पी.देखि गिरिजासम्म नेपाली काँग्रेसप्रतिको भारतीय दृष्टिकोण र वर्तमान हेर्ने दृष्टि कोणमा फरक देखिन्छ ।
भारतीय राजनीतिक आस्थाप्रति दृढ रहने केही काँग्रेसी नेताहरू छन् । तर, भारतले उनीहरूलाई आस्थाको रूपमा मात्र देख्छन् । समय सापेक्ष देख्दैनन् । त्यसैले भारत नेपालमा समय सापेक्ष र दिर्घकालिन वैकल्पिक नयाँ राजनितिक शक्तिको खोजीमा छन् । जुन राजनीतिक शक्ति विगत विपी र काँग्रेसको राजनिति भन्दा प्रभावशाली र शक्तिशाली चाहन्छन् । त्यो समय सापेक्ष र प्रभावशाली नजिकको वैकल्पिक राजनितिक शक्तिको रूपमा भारतले बाबुराम भट्टराईलाई देखेका छन् । त्यो भनेको नयाँ शक्ति नै हुन् । जहाँ भट्टराईसँगको भारतीय सम्वन्ध विद्यार्थी जीवनकालदेखि नै प्रगाढ रहेको व्यापक चर्चा पनि छन् ।
अर्को विकाशोन्मुख चीनले पनि नेपालको राजनीतिक गतिविधि देखेर समय सापेक्ष राजनितिक आवश्यक्ता र दिर्घकालिन राजनीतिक सन्तुलनको सम्वन्ध कायम राख्ने वैकल्पिक राजनितिक शक्तिको रूपमा बाबुराम भट्टराईलाई नै देख्छन् । त्यो भनेको पनि नयाँ शक्तिप्रतिको आस्था नै हुन् । अर्को बाबुरामको पक्षमा अन्तरराष्टिय सम्वन्ध पनि राम्रो छ । मित्रराष्ट्रहरू पनि बाबुरामलाई नै रूचाउँछन् ।
अर्को जातिय क्षेत्रीय राष्ट्रिय राजनीतिको प्रभावमा रहेको राजनीतिक शक्ति भनेको संघीय समाजवादी फोरम नै हुन् । जुन मुलुकको अधिकांश जनसङ्ख्यामाथि आफ्नो प्रभाव जमाउन सक्छन् र, राज्यसत्तालाई अधिनमा लिन सक्छन् । यसलाई भारतले जति नजिकबाट नजर अन्दाज गरेका छन् । त्यति फेरी चीनको चासो देखिदैन् । भर्खर नजर अन्दाज गर्दैछन् । यो गम्भीर विषय हो । त्यसैले भारत नेपालको राजनीतिमा अगाडि देखिन्छ । राष्ट्रिय राजनितिको वैकल्पिक शक्तिको रूपमा रहेको नयाँ शक्ति र संघीय समाजवादी फोरम बीचको एकता चाहन्छन् । यो देशकोलागि पनि आवश्यक छ । जसले नेपालमा रहेको बाँकी राजनितिक शक्ति संकटमा पर्ने निश्चित छ । यसले नेपालमा भारतीय प्रभावको राजनीति बलियो र दिर्घकालिन रहने देखिन्छ र राजनीतिक दलमा सकारात्मक प्रतिस्पर्धाको विकास हुन्छ । यसमा सबैको आफ्नो स्वार्थ छन् । त्यसैले राज्य र राजनीतिक दलको भूमिका सकारात्मक हुन जरूरी छ ।
(क) राजनितिक अवस्थाः
संघीय गणतन्त्र प्राप्ति पश्चात देशको राजनितिक अवस्था राजनीतिक संस्कारभन्दा फरक छन् । यहाँको समाजिक आर्थिक अवस्था पनि गुणात्मक हिसावले कमजोर छन् । परिणामतः देश पटक–पटक कालो सूचीबाट जोगिएको छ । यसमा राजनितिक दलमा रहेको व्यापक निजी राजनितिक स्वार्थको पनि भूमिका छन् । यतिवेला राजनितिक दलमा राजनितिक विचलन पैदा भएको छ ।
देश र जनताको काम भन्दा राजनीतिक दलले अर्को राजनीतिक दललाई आलोचना गर्ने र नेता कार्यकर्तालाई भत्काउने भर्ना गर्नेतिर समय खेर फालेका छन् । यता उत्पीडित वर्ग जाति र समुदाय अधिकार पाउनुको साटो ओझेलमा परेका छन् । राजनीतिक दलकै कारण संविधान कार्यावयन र संशोधन कार्य चुनौती बनेको छ । अशिक्षा र बेरोजगारीको अवस्था बढ्दो छ । सत्ता र सरकारको नाममा अझंै पनि पुरातन हिसावले मुठीभरका शासकहरूले नै सबैको हक अधिकार हत्याएको छ । यसमा यहाँका उत्पीडित आदिवासी, जनजाती, मधेशी, दलित, मुस्लिमलगायतका वर्ग जाती र समुदाय सता सरकारमा समान अधिकार र पहुँच चाहन्छन् । यसमा राज्य र राजनीतिक दलले गम्भीर ध्यान दिन जरूरी छ । यसका साथै निषेधको निषेध राजनितिबाट मुक्त हुन जरूरी छ ।
(ख) आवश्यक्ताः अहिले मुलुक अधिकार बाँडफाँडसहितको राजनीतिक समस्याको सही समाधान र आर्थिक समृद्धि चाहन्छन् । यसकालागि सबै राजनीतिक दल आफ्नो निजी र दलगत राजनितिक स्वार्थभन्दा माथि उठ्नु जरूरी छ । मुलुकको सार्वभौमिक्ता र भौगोलिक अखण्डतालाई जनताको चाहना अनुसार अक्षुण्ण राख्न जरूरी छ । विकेन्द्रिकरणसहितको केन्द्रकृत राष्टिय एकक्तालाई मजबुत राख्न जरूरी छ । यो संघीय राज्य व्यवस्थाको स्वतन्त्र अधिकार हो । यसलाई कसैले नकार्नु हुदैन । कुनै वर्ग वा जाती विशेषले एकलौटी प्रयोग गर्नु हुदैन । त्यसो गरे लोकतन्त्रमाथि ठुलो अन्याय हुन्छ र, राज्य विखण्डनतिर जाने हुन्छ । त्यसैले यहाँ धेरै ठूलो त्याग, समर्पण र निष्ठाको खाँचो छ । जुन त्याग र समर्पण कसैले देखाउन सकेको छैन । अहिले राजनीतिक दलहरूको बीचमा सामूहिकता र एकताको पनि खाँचो छ । समावेशी र समानुपातिक प्रणाली हरेक राजनितिक दलले आफ्नो दलमा समान तरिकाले लागु गर्न जरूरी छ । जसको सुरूवात नयाँ शक्तिले गरिसकेको छ । यो सबै राजनितिक दलकालागि चुनौती पनि छ ।
(ग) निष्कर्षः
अहिले देशलाई धेरै राजनीतिक दल भन्दा थोरै कामयावी राजनीतिक दलको आवश्यकता छ । जुन दल र पहल देश र जनताकालागि योग्य हुन सक्छन् र, जिम्मेवारी पूर्वक मुलुकको राजनितिक समस्याको समाधान र आर्थिक समृद्धिको सपनालाई साकार पार्न सक्छन् । जनताले चाहेको समृद्धि, समानुपातिक, समावेशिता र सहभागितामूलक लोकतन्त्रको चाहना पुरा गर्न सक्छन् । राजनितिक, वैचारिक र भावनात्मक सम्वन्धको हिसावले संघीय समाजवादी फोरमको नजिकको सम्वन्ध सुरूदेखि नयाँ शक्तिसँग छ । यदि दुई पार्टी वैचारिक रूपमा एक ठाउँमा उभ्यो भने अन्य राजनितिक दललाई ठूलो क्षतिको सामना गर्नुपर्ने हुन्छ । नेपालको राज्यसता नै नयाँ राजनितिक दलको अधिनमा रहनेछन् । त्यसैले नयाँ शक्ति र फोरम बीच एकता र सहकार्यता नहोस भन्ने अन्य राजनितिक दलले अविश्वासको वातावरण छर्दैछन् । नयाँ शक्ति र फोरम नेपालको राजनीतिक लक्ष्य उद्देश्यको हिसावले वैचारिक आस्था नजिक छन् । त्यसैले नयाँ शक्ति र फोरम नेपाल बीचको एकता एकता मात्र नभएर देशको आवश्यक्ता हो । दुबै पार्टी बीचको एकता र सहकार्यता आवश्यक छ । यसकालागि ठूलो त्याग र सम्र्पणको खाँचो छ । जुन त्याग र सम्पर्ण भौतिक बलिदान भन्दा दर्दनाक हुन्छन् । के नयाँ शक्ति र फोरम नेपालले त्यो त्याग र बलिदान गर्न सक्छन् ?

प्रस्तुत लेखमा उल्लेखित विषय तथा तर्क लेखकको निजी र स्वतन्त्र विचार हुन् ।