• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रचण्ड नेतृत्वको सरकारद्वारा मधेशको पक्षमा महत्वपूर्ण निर्णय

प्रचण्ड नेतृत्वको सरकारद्वारा मधेशको पक्षमा महत्वपूर्ण निर्णय

काठमाण्डौ, २१ साउन । नव गठित सरकारले जारी मधेस आन्दोलनमा मारिएका प्रति परिवारलाई १० लाख रुपैयाँ उपब्ध गराउने घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनमा मारिएका परिवारलाई उक्त रकम एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको हो । मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार सरकार कार्यान्वयनतर्फ अग्रसरता देखाएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निर्णय गर्नु अघि मधेसी मोर्चासँग आवद्ध दलका नेताहरुसँग केहीबेर छलफल गरेका थिए ।
मन्त्री परिषद्को बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने निर्णय समेत गरेको छ । घाइतेहरुको सङ्ख्याबारे विवरण एक हप्ताभित्र बुझाउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।
मधेस आन्दोलमा भएको दमनको विषयमा छानबिन गर्न गृहमन्त्रालयलाई तत्काल प्रक्रिया अगाडि बढाउन समेत बैठकले निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका उप–प्रधानमन्त्री कृष्णबहादुर महराले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । यसैगरी आन्दोलनका क्रममा मुद्दा खेपिरहेकाहरुको विवरण समेत गृहमन्त्रालयलाई एक हप्ताभित्र पेस गर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ । सोही बैठकले उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्ने विषयमा पनि गृहमन्त्रालयलाई प्रतिवेदन तयार गरेर बुझाउन मन्त्रिपरिषद्ले निर्देशनसहितको निर्णय गरेको छ । कर्णालीका सबैले तथा दलितको हकमा बालबालिकाको जन्मदर्ता गर्दा एक हजार रुपैयाँ प्रोत्साहन भत्ता स्वरुप दिने निर्णय गरिएको जनाइएको छ । ओली नेतृत्वको सरकारले मधेश आन्दोलन र आन्दोलनत पक्षको मागलाई बेवास्ता गदैआएका थिए ।
सोही बैठकले केपी शर्मा ओली सरकारले सिफारिस गरेका १४ देशका राजदूत फिर्ता बोलाउने निर्णय समेत गरेको छ ।