काठमाण्डौ, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्री पदकालागि भएको निर्वाचनमा कुल ३ सय ६३ मत प्राप्त गरेर प्रचण्ड देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा उपस्थित भएका ५ सय ७३ सांसदमध्ये ३ सय ६३ जनाले उनको पक्षमा मतदान गरेका छन् । बाँकी २१० जना सांसदले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । सभामुख ओन्सरी घर्तीले केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतबाट प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिन् ।
नेपालको प्रधानमन्त्रीमा उनी दोस्रो पटक निर्वाचित भएका हुन् । २०६५ सालमा यस अघि प्रचण्ड प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । गणतान्त्रिक नेपालमा दुई पटक प्रधानमन्त्री बन्ने उनी पहिलो कम्युनिष्ट नेताको रुपमा इतिहास रच्न सफल भएका छन् ।