राजविराज, १८ साउन । सप्तरीको सकरपुरा र राम्पुरा–मल्हनियाका बाढी पीडित गर्भवती महिला तथा सुत्केरी महिलालाई स्वराज फाउण्डेशनले मङ्गलवार राहत वितरण गरेका छन् ।
काठमाण्डौमा विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाएर फाउण्डेशनले सुपानेट मेडिकेटेड झुल वितरण गरेको हो । जिल्लाको सकरपुराका ८५ जना र रम्पुरामल्हनियाका ११५ जना जगर्भवती तथा सुत्केरी महिलालाई टोलीले वितरण गरेका छन् ।
टोलीमा फाउण्डेशनका कासिन्द्र यादव, बिक्की यादव, सन्तोष लाभ, डा. शरद सिंह यादव, प्रवीणलाल दासलगायतका व्यक्तिहरु सहभागी भएका थिए । फाउण्डेशनले आगामी दिनहरुमा समेत आपतकालीन अवस्थामा मानवीय सहयोग गर्ने कार्यलाई जारी राख्ने फाउण्डेशनले जनाएको छ । राहत वितरण कार्यमा प्रहरी चौकी कोइलाडी बर्साइन र रम्पुरामल्हनिया प्रहरी चौकीले व्यवस्थापनमा सहयोग पुर्याएका थिए ।
वैकल्पिक राजनीतिकालागि बैचारिक आधार निर्माण र मधेशमा नेतृत्व विकास र लोकतान्त्रिक परिपाटीको आधार तयार गर्ने फाउण्डेशनको उद्देश्य रहेको छ ।
