• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जिविसमा स्थानीय निकाय कर्मचारी संघ गठन

राजविराज, १८ साउन । स्थानीय निकाय कर्मचारी संघको जिल्ला विकास समिति सप्तरीको इकाई समितिको अध्यक्षमा श्यामसुन्दर यादवलाई सर्वसम्मतले मङ्गलबार चयन गरिएको छ ।
जिविसका लेखापाल यादवको अध्यक्षतामा चयन गरिएको सात सदस्यीय इकाई समितिको उपाध्यक्षमा रघु यादव, सचिवमा कुलानन्द बिराजी र कोषाध्यक्षमा राजकुमार यादवलाई चयन गरिएको छ । सदस्यहरुमा अशोक कुमार सिंह, सुभाष प्रसाद मण्डल र रञ्जना अधिकारीलाई चयन गरिएको छ ।
जिविस सप्तरीका अनुगमन तथा मूल्यांकन परामर्शदाता दुर्गाप्रसाद यादवको अध्यक्षता तथा निमित स्थानीय विकास अधिकारी धिरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा आयोजित भेलामा लेखा अधिकृत राजेशकुमार राज, ईन्जिनियर खुर्सेद इक्राम, लेखापाल रामनारायण महतो लगायतका वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरे ।