वीरगञ्ज, १८ साउन । वीरगञ्ज पब्लिक कलेजमा अध्ययनरत बिबिए चौथो सेमेस्टरका बिद्यार्थीहरुले बाढी पीडितहरुको सहयोगकोलागि मङ्गलवार राहत सामग्री वितरण गरेका छन् ।
वीरगञ्ज स्थित कलेजको नयाँ भवनमा आयोजित कार्यक्रमका बीच राहत सामग्री सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफलाई हस्तान्तरण गरेका हुन् । बिबिए अध्ययनरत बिद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकमबाट उक्त राहत सामग्री खरिद गरेको कलेजका प्राध्यापक अरबिन्द श्रेष्ठले बताए ।
बिबिए चौथो सेमेस्टरका बिद्यार्थीहरुको बिशेष पहलमा संकलन गरिएको राहत सामग्रीहरुमा पाँच बोरा चिउरा, पाँच बोरा भुजा र १० कार्टुन चाउचाउ रहेको कलेजका प्रशासन प्रमुख संकल्प शाक्यले बताए । उक्त अवसरमा सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफ, सद्भावना महिला मञ्चकी नगर अध्यक्ष सुनिता रौनियार, युवा नेता ईश्वर यादव, धर्मेन्द्र पटेल, वीरगञ्ज महिला नगर समितिका सचिव बिना अधिकारी, कलेजका प्रशासन प्रमुख शंकल्प शाक्य, प्राधायपक अरबिन्द श्रेष्ठ, विद्यार्थीहरु सागर साह, शिल्पी अग्रवाल, कुन्दन दास, सुमित नारायण झा, मोनिका कुमारी लगायतको उपस्थिति रहेको थियो ।
एम्बेसी ओमेन क्लब सोसल विङ्सले समेत राहत सामग्री वितरण गरेको छ । वीपीसी कलेज वीरगञ्जमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष गौरी गुप्ताको नेतृत्वमा आएका महिलाहरुको समुहले नगद २१ सयसहित लत्ता कपडा वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा क्लबका अध्यक्ष गौरी गुप्ता, सदस्यरु अरुणा कर्ण, सुनिता रौनियारलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफले कठिन परिस्थितीमा रहेका बाढी पिडितहरुको सहयोगमा राहत उपलब्ध गराउने सम्पुर्ण जनसमुदाय, संघ–संस्था, वीपीसी कलेज, विद्यार्थी, व्यापारी, उद्योगपति र महिला अधिकारकर्मीहरुलाई धन्यवाद दिएका थिए ।
तराई मधेसमा बाढी पहिरोले बिस्थापित भएका घर परिवारहरुको सहयोगार्थ सद्भावना पार्टी वीरगंज नगर कार्य समितिले साउन १३ देखि १५ गतेसम्म आयोजना गरेको तीन दिने शिबिरमा प्रतिवद्धता जनाएका सहयोगहरु प्राप्त भएको अध्यक्ष सर्राफले बताए ।