• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

न्यानो स्पर्शद्वारा सप्तरीका बाढी पीडितलाई राहत

न्यानो स्पर्शद्वारा सप्तरीका बाढी पीडितलाई राहत

राजविराज, १७ साउन । सप्तरीको तिलाठी गाविसका बाढी पीडितलाई काठमाण्डौ स्थित न्यानो स्पर्श (सधै सबैकालागि) नामक सामाजिक सञ्जाल समूहले सोमवार राहत वितरण गरेका छन् ।
विदेशमा रहेका युवराज बोहरा, विकास अधिकारी, न्यानो स्पर्शका अध्यक्ष सङ्गीता भट्टराई, दिनेश ऐर, विद्यालय, कलेज, बटुवा तथा समूहका सदस्यहरुबाट रकम संकलन गरि तिलाठीका सय परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । काठमाण्डौबाट आएका युवाहरुको समूहले बाढी पीडितहरुलाई चिउरा ८ बोरा, मसुरको दाल ३ बोरा, तेल ५ कार्टुन, मस्यौरा २ बोरा, नुन २ बोरा, दालमोट २० केजी, मेडिसिन २ कार्टुन, म्याट २ रोल, लुगा ५ बोरा, सोलार लाइट ४० पिस, पियुष ८० पिस, त्रिपाल ५ पिस, बिस्कुट ५ कार्टुन, चाउचाउ ३ कार्टुन र जुत्ता–चप्पल ३० जोर वितरण गरेका छन् ।
राहत वितरण टोलीमा सिजन शर्मा, दिपसन भट्टराई, निर तामाङ्ग, प्रशान्त सिंह, लक्की खान (न्यानो स्पर्श)सहितका व्यक्तिहरु सहभागी भएका छन् । राहत वितरण कार्यमा दिनेश कार्की, त्रिशला परियार, सञ्जु भुजेल, रितेश श्रेष्ठलगायतले सहयोग पुर्याएका छन् । राहत बाँड्ने कार्यमा सशस्त्र प्रहरी बल बिओपी तिलाठी सप्तरी, प्रहरी चौकी तिलाठी र स्थानीयवासिन्दाले सहयोग पुर्याएका कारण सहज रुपमा राहत वितरण गरिएको टोलीमा सहभागी सिजन शर्माले जानकारी दिएका छन् । उनका अनुसार एक लाख पच्चीस हजार रुपैयाँ बराबरको सामान वितरण गरिएको छ ।