• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय

राजविराज, १७ साउन । जिल्ला दैवी प्रकोप उद्धार समितिको आइतवार बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा बसेको बैठकले अविरल बर्षाको कारण प्रभावित क्षेत्रहरुमा असर कम हुँदै गएकोले तत्कालिन राहतको आवश्यकता नरहेको ठहर गरेको जिल्ला विकास समिति सप्तरीका विपद ब्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले जानकारी दिएका छन् ।
डुबानग्रस्त क्षेत्रहरुमा बाढीले फैलिन सक्ने रोग एवम् महामारीको रोकथामकालागि आवश्यक स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । बाढी एवम् डुबानबाट अस्थायी आवास शिविर निर्माण गरी बसाउने अवस्था नरहेको देखिएको ठहर गर्दै बाढीग्रस्त तथा डुबानमा परेका गाविसहरुमा राहत तथा डुबानग्रस्त क्षेत्रहरुमा बाढीले फैलिन सक्ने रोग एवम् महामारीको रोकथामकालागि आवश्यक स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने निर्णय गरिएको संयोजक झाले जानकारी दिएका छन् । बाढीग्रस्त तथा डुबानमा परेका गाविसहरुमा राहत तथा उद्धार कार्यमा संलग्न ब्यक्ति, सरकारी तथा गैर सरकारी निकाय, अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।