• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वीरगञ्जको तरकारी बजारमा छड्के जाँच

वीरगंज, २६ बैशाख । वीरगञ्ज उपमहानगरपालिका कार्यालयको नेतृत्वमा आइतवार घण्टाघर स्थित तरकारी बजारमा छडके जाँच गरिएको छ ।
कार्यालयका खाद्य शाखा अधिकृत बिपीनलाल दास सहितको पाँच सदस्यीय टोलीले तरकारी बजारमा नापतौल सम्वन्धि छडके जाँच गरेका हुन् । जनताको गुनासो एवं स्थानिय सञ्चार माध्यममा मिसावट सहितको तरकारी बजारमा व्यापक रुपमा बेचबिखन भइरहेको आएपछि नगरपालिका कार्यालय सहित सम्बन्धित निकायहरुको टोलीले बजार अनुगमन एवं चेकजाँचसँगै व्यापारीहरुलाई नसिहत दिनुको साथै ३५ थान नक्कली ढकहरु समेत नियन्त्रणमा लिएको छ । नगरपालिकाका अधिकृत दासले बजारमा तरकारी किन्न जादा ढुङ्गाका ढक एवं मिसावटयुक्त तरकारी देखा परेमा तुरुन्त सम्बन्धित कार्यालयलाई खबर गर्न आम जनताहरुलाई आग्रह समेत गरे ।
ढुङ्गाका ढकबाट बिक्री बितरण गरिने तरकारी लगायत अन्य कुनै सम्रागी न किन्न आम जनतालाई आग्रह गर्दै जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारवाही गरिने बताए । छडके टोलीमा नगरपालिका अधिकृत दाससहित जिप्रकाका प्रतिनिधी प्रदिप काफ्ले, गुणस्तर नापतौल क्षेत्रिय कार्यालय वीरगंजका प्रतिनिधी निरन्जन अधिकारी, घण्टाघर प्रहरी चौकीका ईन्चार्ज प्रसनि रेगु थापा, पब्लिक एन्टीक्रप्सन पर्साका सचिव दिपक सर्राफ लगायत सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।