राजविराज, २६ वैशाख । सप्तरी जिल्ला अदालत राजविराजबाट चोरी मुद्दाका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।
एक बर्ष १५ दिन र २८ हजार जरिवाना सजाय भएका भारदह १ का ४३ वर्षिय पवन कुमार र सोही ठाउँका ४५ वर्षिय हरी इसरलाई प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो । उनीहरुलाई निगरानी गर्ने क्रममा घर वरपरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।