• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पिसजोन र केअ मावि विजयी

टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पिसजोन र केअ मावि विजयी

राजविराज, १२ बैशाख । राजविराजको राजरंगशालामा सञ्चालित तेश्रो अन्तर बिद्यालय टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत पहिलो दिनको खेलमा पिसजोनले दुर्गा सेकेण्ड्रीलाई ६९ रनले तथा केअ माविले मोडल उच्च माबिलाई ६३ रनले पराजित गर्दै आ–आफनो खेलमा बिजयी शुरुवात गरेको छ ।
नगरस्तरीय बाल सञ्जाल राजविराजको आयोजना तथा सप्तरी क्रिकेट संघसँगको सहकार्यमा पहिलो दिनको पहिलो खेल अन्र्तगत पिसजोनले टस जिती पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण ओभर खेल्दै सम्पुर्ण बिकेट गुमाई १ सय ३३ रनको योगफल तयार पारेका थिए । पिसजोनका लागि रोविन चौधरी ३६, रोशन मण्डल १७, दयानन्द साह १४ तथा रितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ दुर्गाका आगमन थापाले ३ तथा नरेश प्रमाणी र प्रशान्त सिंहले सामान २ बिकेट लिएका थिए ।
१ सय ३४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ६४ रनमै समेटीए पछि ६९ रनको हार ब्योहोरेको थियो । दुर्गालाई सस्तोमा समेटन पिसजोनका सरोज शर्माले ४, अनिल यादवले ३ तथा जितेन्द्र मण्डल र सुरेश गुप्ताले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्चाच घातक बलिंग गरेका पिसजोनका सरोज शर्मा घोषित भएका थिए ।
आईतवारनै सम्पन्न एक अर्को खेलमा केअमाबिले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै प्रहलाद चौधरीको बिष्फोटक ब्याटिंगको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ७५ रनको बिशाल योगफल तयार पारेका थिए । जसमा प्रहलाद चौधरीले ३३ बलमा २ छक्का र १० चौक्काको मद्धतले ७३ रन तथा अफरोज आलम र अक्रम सेखले क्रमश ः ४० र १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ मोडलका मो.समसाद, मो.आर्यन र दिपक दासले सामान १ बिकेट लिएका थिए ।
१ सय ७६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मोडलले १८ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय १२ रन मात्र जोडन सकेका थिए । मोडलका लागि मो.आर्यनले ३६ र मो.सलमानले २७ रनको योगदान दिएका थिए । बलिंग तर्फ केअका मो.सद्धाम र मो.अफतावले सामान ३ बिकेट तथा राहुल परियार र ईमरान अंसारीले सामान २ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच के.अ.का प्रहलाद चौधरी भएका थिए । खेल पुर्व गत २०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली दिँदै नगरपरिक्रमा गरि मौन धारणा समेत गरिएको थियो । नगर बाल संजालका उपाध्यक्ष आशिस गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरिक्षक भिम ढकालको प्रमुख आतिथ्यता तथा नेपाल क्रिकेट संघका उपाध्यक्ष शैलेश कुमार चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव आयुश श्रोष्ठ, बरिष्ट खेलाडि सुरेन्द्र नाथ सिंह तथा किर्तिमानी खेलाडि महवुव आलमको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन नगर तथा जिल्ला बाल संजालका अध्यक्ष अमर यादवले गरेको थियो । प्रतियोगिता अन्र्तगत सोमवार पहिलो खेल हयाप्पील्याण् र ग्रिन सेकेण्ड्री तथा दोश्राो खेल रोज पब्लिक र ज्ञान ज्योति बीच हुने जानकारी आयोजक समितिका रोशन मण्डलले बताए ।