• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

वीरगञ्ज क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न

वीरगञ्ज क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न

वीरगञ्ज, ३ बैशाख । पर्सा जिल्ला एथलेटिक्स संघको आयोजनामा शुक्रवार वीरगञ्ज क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ ।
बरिष्ठ एथलेटिक्स प्रशिक्षक अमिरी यादवको सभापतित्वमा सम्पन्न दौड प्रतियोगितामा आजाद मुखिया प्रथम, रमेश कुशवाहा दोस्रो र मेवालाल साह तेस्रो स्थान हासिल गरेका छन् । हिमालयन डिस्टिलरीका प्रबन्ध निर्देशक उदय भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न दौड प्रतियोगितामा नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष एवं जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी, एथलेटिक्स संघ पर्साका बरिष्ठ उपाध्यक्ष शैलेन्द्र पाण्डे, युनिटी फुटबल संघका अध्यक्ष हेमन्त चौरसिया, अखिल नेपाल फुटबल संघ पर्साका उपाध्यक्ष बिशेश्वर पटेल,संस्थाका सदस्यहरु ममता पाण्डे हिमेश पटेल, ज्ञानेन्द्र पटेल, रामजी राउत कुर्मी, आकास पटेललगायतको उपस्थिथि रहेको थियो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी भण्डारी र अतिथी तिवारीले प्रसंशा पत्र सहित मेडल बितरण गरेका छन् । संस्थाले मधेसी पत्रकार समाज पर्सा, प्रतिक दैनिक, अंकुश दैनिक, सहारा दैनिक, वीरगञ्ज एफ.एम,ईन्द्रेणी एफ.एम र नागरिक दैनिकलाई प्रसंशा–पत्रसहित सम्मान गरेको छ ।
यसैगरी नेपाल खेलकुद महासंघ पर्साले नयाँ बर्ष २०७३ को उपलक्ष्यमा क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न गरेको छ । संघ पर्साका अध्यक्ष दिपक तिवारीको संयोजकत्वमा सम्पन्न दौड प्रतियोगिताको प्रमुख अतिथी मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजरा ,अतिथीहरु बरिष्ठ फुटबल प्रशिक्षक हरिबहादुर श्रेष्ठ, बरिष्ठ एथलेटिक्स अमिरी प्रसाद यादव, पर्सा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुदिप पौडेल,बिशेश्वर पटेल, रितु शाक्य,निशान्त लामिछाने ,अली ,आकास पटेल लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताम आजाद मुखिया प्रथम,प्रिन्स मुखिया दोस्रो र रमेश कुशवाहा तेस्रो स्थान हासिल गरेका छन् । 6