• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बभनगमाकट्टीमा क्रिकेट टुर्नामेन्ट सञ्चालन

बभनगमाकट्टीमा क्रिकेट टुर्नामेन्ट सञ्चालन

राजविराज, १५ चैत्र । सप्तरीको बभनगमाकट्टी गाविस स्थित राधा कृष्ण युवा क्रिकेट समुहद्वारा सोमवारदेखि २०–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सञ्चालन भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादवले एक समारोहका बीच टुर्नामेन्टको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि यादवले युवाहरुको सर्वाङ्गिण विकास गर्नका लागि खेलकुदको आवश्यक्ता औंल्याए । ग्रामिण क्षेत्रका युवाहरुमा समेत प्रतिभा रहेको भन्दै उनीहरुको प्रतिभा प्रष्फुटन गर्नका लागि ग्रामिणस्तरमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सप्तरी जुडो संघका अध्यक्ष आनन्द कुमार झा , नेपाल विद्यार्थी संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि पार्थो सरकार, नेपाली कांग्रेसका उमेश यादव, गोबिन्द यादव, आयोजक संस्थाका संयोजक कृष्ण देव यादवको समेतको उपस्थिति रहेको थियो ।