सुमित सिंह
बलरा, ६ फागुन । सर्लाही जिल्लाको क्षेत्र नम्वर–६ स्थित बलरा उच्च माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच दलित तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति वितरण गरिएको छ ।
विद्यालयका संस्थापक डा. कमलेश्वर कुमार सिंहाको सभापति तथा नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रमका बीच छात्रबृति वितरण गरिएको हो । कार्यक्रममा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका तथा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरियो ।
विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा कक्षा एकदेखि दशसम्मका प्रथम, द्वितिय, तृतिय तथा एसएलसी परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सभापति एवम् प्रमुख अथितीद्वारा संयुक्त रुपमा नगद, कपी, कलमसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट शिक्षकलाई समेत सम्मानित गरिएको छ । कार्यक्रममा सांसद अमरेश कुमार सिंहले बालबालिकाको अध्ययन–अध्यापनमा जोड दिए । समाजसेवी कमलेश्वर सिंहा, शिक्षक हरी घिमिरेलगायतले सम्बोधन गरे ।