• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इनर्वा फूलबडियामा लैङ्गिक हिंसा सम्वन्धि जनचेतना

राजविराज, ५ फागुन ः लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालले बुधबार इनर्वा फुलबडियामा जनचेतनामूलक अन्तरक्रिया तथा भिडिओ प्रदर्शन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र यसले गर्ने कामहरु तथा दिने सेवाहरुबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्जालका सदस्य सचिव एवं प्रहरी सहायक निरीक्षक गंगाराम चौधरीले जानकारी दिए । कार्यक्रममा महिला तथा बालबालिका विरुद्ध हुने अपराध र ंिहंसाको घटना घटेमा उजुरी गर्ने स्थान, निकाय र प्रकृयाबारे समुदायस्तरमा जानकारी दिइएको छ ।
अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विभिन्न जिज्ञासा राख्दै आगामी दिनमा समाजमा हिंसाका घटना हुन नदिने र भएमा सम्बन्धित निकायमा उजुरी गर्ने बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, जिल्ला सञ्जाल कार्यकारिणी समितिका अध्यक्ष मनोहर कुमार पोखरेल, गाविस स्तरिय सञ्जाल कार्यकारिणी समिति कल्याणपुरका सदस्य प्रमोद चालिसेले सहजिकरण गरे ।
कार्यक्रममा वहुविवाह, वालविवाह, जबरजस्ती विवाह, अनमेल विवाह, मानब बेचबिखन तथा ओसारपसार, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, वैवाहिक बलात्कार, यौनशोषण, बोक्सीको आरोप तथा दुव्र्यवहार, महिला बिरुद्ध हुने हिंसा, घरेलु हिंसा, अन्य दुव्र्यवहार, महिला तथा बालबालिका बिरुद्धका गैरकानुनी कृयाकलापहरुबारे चर्चा गर्दै उजुरी गर्ने स्थान, हदम्याद, सजाय आदिबारे जानकारी दिइएको छ ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, पत्रकार, स्थानीय महिला समूह, गरिवी निवारण कोष कार्यक्रमअन्तर्गत सामुदायिक संस्थाका प्रतिनिधिहरु, गैसस, अधिकारकर्मी, प्रहरीलगायतको सहभागिता रहेको थियो । सेवा केन्द्रले महिला तथा बालबालिकाहरुको हकहितको संरक्षणका लागि आवश्यक पहल गर्नुका साथै घरेलु हिंसा सम्बन्धी निवेदन तथा जाहेरी निःशुल्क लेख्ने व्यवस्था गरेको छ ।