राजविराज, ५ फागुन । नेपाली कांग्रेस सप्तरीको सम्पन्न क्षेत्रीय अधिवेशनको प्राप्त मत गणना परिणाम अनुसार बुधवारसम्ममा ५ क्षेत्रिय सभापति र ६१ महिाधिवेशन प्रतिनिधी चुनिएका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ बाट ललनप्रसाद गुप्ता (देउवापक्ष) क्षेत्र नम्वर २ बाट वद्री महात्मान (संस्थापन पक्ष), क्षेत्र नम्वर ३ वाट महानन्दप्रसाद यादव (देउवा पक्ष), क्षेत्र नम्वर ४ बाट रामप्रसाद मण्डल (देउवापक्ष) र क्षेत्र नंवर ६ बाट जितेन्द्र यादव (देउवापक्ष) निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा हालसम्म ६१ जना चुनिएका छन् । घोषित परिणाम अनुसार ५ वटा क्षेत्रिय सभापतिमध्ये एउटा संस्थापनपक्ष तथा वाँकी सवै देउवा पक्षकै निर्वाचित भएका छन् । महाधिवेसन प्रतिनिधीहरुमा समेत देउवा पक्षकै अधिकांश निर्वाचित भएका छन् । अन्यको मतगणना जारी रहेकोले क्षेत्र नं. ५ बाट पनि देउवापक्षकै सभापतिका उम्मेदवार जित्ने दावी कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले गरेका छन् ।
सप्तरीबाट प्रतिनिधित्व गरिरहेका चारमध्ये तीन सांसद समेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नम्वर २ बाट नेवि संघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद रन्जित कर्ण, क्षेत्र नम्वर ३ बाट सांसद सकलदेव सुतिहार र क्षेत्र नम्वर ६ बाट सांसद सुरेन्द्र यादव महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।
कांग्रेसका नेता डा. अनिलकुमार झा, यूवा नेताहरु इर्साद अन्सारी, ध्रुव देव, सब्बीर आजम गुलाबसहितका युवा नेताहरु समेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । बेलायतका लागि नेपालका पूर्व राजदुत रहीसकेका डा. सुरेशराज चालिसे समेत क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।