• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अवैध समानसहित दुई भारतीय पिकअप र चालक पक्राउ

अवैध समानसहित दुई भारतीय पिकअप र चालक पक्राउ

राम नारायण पंडित, सिरहा, ५ फाल्गुन । सिरहा प्रहरीले अवैध सामानसहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा चन्द्रअयोध्यानगर–१ स्थित राजमार्गबाट मङ्गलबार राति प्रहरीले अवैध सामानसहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान र चालकलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा मिलका इलेक्ट्रोनिकलगायतका अवैध सामान सहित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर ३२ बी ९३९७ नम्बरको महेन्द्र पिकअप भ्यान र बीआर ०७ जीए १८७१ नम्बरको महेन्द्र पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएका छन् ।
सवारी चेकजाँचका क्रममा भ्यानमा मिलका इलेक्ट्रोनिक लगायतका सामानहरुको बिल फरक–फरक पाइएकाले दुवै भ्यानसहित भ्यान चालक भारत विहारको मधुबनी जयनगर ग्राम पञ्चायत–९ निवासी २२ वर्षीय अजय यादव र भारत विहारकै मधुबनी उस्राही ग्राम पञ्चायत–२ निवासी २९ वर्षिय अशोक यादवलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनीहरुलाई आवश्यक छानबिन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय ईटहरी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।DSC04913