• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भरुवा बन्दुकसहित २ युवक पक्राउ

राम नारायण पंडित
सिरहा, ५ फागुन । सिरहा प्रहरीले भरुवा बन्दुकसहित २ जना युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक संतोष निरौलका कमाण्डमा गोप्य सूचनाको आधारमा आज (मंगलबार) खटिएको प्रहरीको गस्ती टोलीले गोलबजार– ३ जम्दहबाट एक नाले भरुवा बन्दुकमा वारुद भर्दै गरेको अवस्थामा दुई जना युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–३ जमदहका २६ बर्षिय मोति सदाय र २२ बर्षीय राम कुमार भुजेल रहेका छन् ।
उनीहरुको साथबाट एक नाले भरुवा बन्दुक १ थान, बारुद १ के.जी. तथा बारुद बनाउन प्रयोग गरिने फलामको छर्रा सहितका सामग्रीहरु बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।