राम नारायण पंडित
सिरहा, ४ फाल्गुन । विगत ६ महिनादेखिको लामो बन्द पश्चात सरकारी कार्यालय खुलेपछि कार्यालयहरुमा सेवाग्राहीहरुको भीँड बढेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बन्द स्थगित भएपछि सिरहासहित तराई मधेसका सरकारी कार्यालयहरुमा यतिबेला सेवाग्राहीहरुकोे भीँड बढेको हो । लामो समयदेखि आन्दोलनका कारणले थाती रहेको काम सुचारु भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण वितरण सिरहाले बन्द अवधिको रकम बन्द खुलेको एक साताभित्र बुझाउ“दा ३ प्रतिशत छुट दिने भएपछि महसुल उठाउने ठाउ“हरुमा भीँड लाग्ने गरेको छ । विद्युत प्राधिकरण लहान, गोलबजार, मिर्चैया, सिरहा लगाएतका ग्राहक सेवा केन्द्रहरुमा महसुल बुझाउनेहरुको भीँड लागेको छ ।
जिल्लाका मालपोत, नापी, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, बिद्युत कार्यालय तथा जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीँड बढेको हो । विद्युत प्राधिकरणले सिरहा जिल्लाबाट सहज अवस्थामा मासिक महिनामा २ करोड ५० लाखसम्म उठाउ“दै आएको भएपनि अहिले दैनिक एक करोडको हाराहारीमा महसुल उठिरहेको लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताए ।
बन्द अवधिभरको विद्युत महसुलमा लाग्ने जरिवाना छुट गरेकाले पनि महसुल बुझाउनेको भीँड लागेको प्रमुख यादवले बताए । उनले माघ २८ गतेदेखि ७ दिनसम्म बन्द अवधीको विद्युत महसुलमा ३ प्रतिशत छुट दिने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिए । विद्युत प्राधिकरण वितरण केन्द्रले जिल्लाका सबै केन्द्रहरुबाट बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म महसुल बुझ््न व्यवस्था मिलाईएको छ । प्रधिकरणका अनुसार बन्द अवधीको मात्र करिब १२ करोड महसुल असुल गर्न बा“की रहेको छ ।