• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वैदेशिक रोजगार सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न

राजबिराज ४ फागुन । सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सप्तरी जिल्लाका पत्रकारहरुसँग १ दिने अन्तक्रृया कार्यक्रम सम्पन्न गरेको छ ।
सामी÷हेल्भेटास स्विसइन्टर कोअपरेशन नेपालको सहयोगमा सबल नेपालद्धारा सञ्चालित बिद्यालय तथा आमसञ्चार कार्यक्रम  मंगलवार राजविराजमा सम्पन्न गरेको हो । दैनिकजसो युवा–युवतीहरु बिदेशिने क्रम बढ्दै गएको छ । सकेसम्म स्वदेशमै रोजगारी गरौ,बिदेश जाने नै भए सिप सिकेर सुचना लिएर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्नेमा जिल्ला परियोजना संयोजक देब नारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार २०७१ र ७२ मा वैदेशिक रोजगारमा जानकालागि २३ हजार ५ सय ४३ जनाले पासपोर्ट बनाउनकोलागि आवेदन दिएका छन् । जस मध्ये १३ हजार ५ सय ६७ जना पुरुष र २५ जना महिला रहेका छन् । हालसम्म सप्तरीमा ५३ वटा मुद्दा समाधान भई स्थानिय स्तरमा क्षतिपूर्ति वापत ३४ लाख ९८ हजार रकम दिलाउन सफल भएको  र सप्तरीबाट निःशुल्क तालिमका लागी ७ जनालाई  पठाईएको उनले बताए ।
सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारहरुको लागी वैदेशिक रोजगार तर्फ बदि सुरक्षित तथा लाभदायक बनाउन परियोजना ले लक्ष्य लिएको नेपालका परियोजना संयोजक अशोक कुमार साहले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई गाउ‘मा सुचनामा पहु‘च तथा  फ्रि भिसा फ्रि टिकटलाई अझ प्रभावकारी बनाउन प्रचार प्रसारमा जोड दिनु पर्ने सुझाव दिए ।
अन्तरकृया कार्यक्रममा जिल्लाका ३० जना बिभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुचना केन्द्रका परियोजना संयोजक भुवनेश्वर साह तथा सवल नेपालका कार्यक्रम अधिकृत चन्दन कुमार यादवले सहजिकरण गरेका थिए ।